Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

फोटो झुन्ड्याउन नभई अर्थतन्त्र सुदृढ पार्न आफू आएको प्रधानमन्त्री ओलीले व्यापारी अगुवाहरूलाई भने


नया सडक

२०८१, साउन ४ शुक्रबार

  • 450
    Shares

  • फोटो झुन्ड्याउन नभई अर्थतन्त्र सुदृढ पार्न आफू आएको प्रधानमन्त्री ओलीले व्यापारी अगुवाहरूलाई भने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरूका नेताहरूलाई आफू फोटो झुन्ड्याउन नभई अर्थतन्त्रलाई सुदृढ पार्न आएको बताएका छन् ।सरकारप्रति भरोसा गर्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले उनीहरूसँगको भेटमा यस्तो बताएका हुन् ।नेपाल उद्योग परिसंघ (सीएनआई)को टोलीमा आबद्ध उद्योगी व्यवसायीका नेताहरूलाई प्रधानमन्त्री ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताए।

    प्रधानमन्त्री ओलीले  अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै मौद्रिक नीति कठोर हुन नहुने विश्वास दिलाए ।सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्र तीन वर्षदेखि शिथिल रहेकाले सरकारले लचिलो नीति अपनाउनुपर्ने प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

    विगतमा संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजारको मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अग्रवालले भेटमा भनेका थिए ।प्रधानमन्त्रीलाई भेट्न सीएनआईका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्षद्वय सतिश कुमार मोर र हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे लगायत बालुवाटार पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस