Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट  अवैध सुनसहित ३ जना  पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट  अवैध सुनसहित ३ जना  पक्राउ

  • काठमाडौं। प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट  अवैध सुनसहित ३ जनालाई  पक्राउ गरेको छ।विदेशबाट अवैध रुपमा आएको सुन विमानस्थलबाट  लैजान लागेको अवस्थामा प्रहरीले ३ जनालाई ५२ ग्राम सुनसहित पक्राउ गरेको हो।उनीहरूको साथबाट प्रहरीले बिहीबार सुनको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरेको थियो 

    पक्राउ पर्नेहरूमा बाग्लुङको बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मीको सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुमबहादुर थापा मगर र बाराको जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन्।

    हिमालयन एयरलाइन्सबाट नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको सुन साहेवले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।उनीहरूलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij