Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सेनाले जेनजी प्रतिनिधिलाई सम्पर्कमा आउन आह्वान, नेतृत्व चयनमा मतभेद

सेनाले जेनजी प्रतिनिधिलाई सम्पर्कमा आउन आह्वान, नेतृत्व चयनमा मतभेद

  •  

    काठमाडौं ।  नेपाली सेनाले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई नेतृत्वकर्ताको नाम र सम्पर्क नम्बरसहित बिहीबार बिहानसम्म सम्पर्कमा आउन आग्रह गरेको छ। जंगीअड्डा बाहिर भेला भएका युवाहरूसँग संवाद गर्दै सेनाका प्रतिनिधिले स्पष्ट नेतृत्व चयन भएपछि मात्र औपचारिक वार्ताको प्रक्रिया अघि बढ्ने बताए।

    यस क्रममा आन्दोलनकारीबीच अन्तरिम सरकार गठनको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा मतभेद देखिएको छ। बहुमत युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरे पनि केहीले काठमाडौं महानगरका मेयर बालेन शाह र धरानका मेयर हर्क साङपाङको पक्षमा नारा लगाएका छन्। जंगीअड्डा बाहिर आजै गरिएको प्रदर्शनमा कार्कीको नाममा असहमति जनाउँदै युवाहरूले नाराबाजी समेत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij