Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवारः लिङ्देन


नया सडक

२०८१, साउन ६ आइतबार

  • 402
    Shares

  • राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवारः लिङ्देन

     

    काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाउनुभयो । समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उहाँले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताउनुभयो । 

     

    अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको धारणा राख्नुभयो । पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको तर्क गर्नुभयो । 

     

    सांसद लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने आवश्यकता औँल्याउनुभयो । उहाँले आफ्नो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने संसद्मार्फत जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस