Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

गत आवमा इनुलिनको आयात पाँच गुनाले बढ्यो , अघिल्लो वर्षको तुलनामा गत वर्ष इनुलिनको प्रतिकेजी भन्सार मूल्यांकन घट्यो


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 345
    Shares

  • गत आवमा इनुलिनको आयात पाँच गुनाले बढ्यो , अघिल्लो वर्षको तुलनामा गत वर्ष इनुलिनको प्रतिकेजी भन्सार मूल्यांकन घट्यो

    काठमाडौं । गत आव २०८०÷८१मा इनुलिनको आयात ९ गुनाले बढेको छ ।एचएसकोड ११०८२००० भएको इनुलिनको आयात गत आवमा २२५ केजी भएको छ ।यसको आयात मूल्य २ लाख ९३ हजार तोकी ७१ हजार भन्सार राजस्व संकलन गरिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको गत आव २०८०÷८१को वार्षिक प्रतिवेदनमा यस्तो देखिन्छ । यस हिसाबले यसको प्रतिकेजी आयात मूल्य १ हजार ३ सय दुई रुपैयाँ बाइस पैसा बढी देखिन्छ । 

    अघिल्लो आव २०७९÷८०मा  इनुलिनको आयात मात्र २५ केजी थियो । त्यतिखेर यसको आयात मूल्य ३५ हजार तोकिएको थियो । यस आधारमा भन्सार राजस्व ८ हजार संकलन गरिएको थियो । अघिल्लो आवमा इनुलिनको प्रतिकेजी आयात १४सय तोकिएको थियो ।

    दुई वर्षको तुलना गरी हेर्दा इनुलिनको मूल्यमा कमी आएको देखिन्छ । इनुलिन एक प्रकारको वनस्पति हो । यसले पेट र वजनसम्बन्धी समस्याको उपचारको रुपमा प्रयोग गरिन्छ । पाचन प्रणाली सुधार, कब्जियतबाट राहत, वजन घटाउन र मधुमेह नियन्त्रणमा यसले सहयोग गर्छ ।

    प्रतिक्रिया दिनुहोस