Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

तत्काल नेपाल विद्युत् प्राधिकरणले  डेडिकेटेड र ट्रंक लाइन बिजुली महसुल विवादमा  ६ वटा उद्योगमा काटिएको बिजुली जोडिदिने


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 489
    Shares

  • तत्काल नेपाल विद्युत् प्राधिकरणले  डेडिकेटेड र ट्रंक लाइन बिजुली महसुल विवादमा  ६ वटा उद्योगमा काटिएको बिजुली जोडिदिने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले  डेडिकेटेड र ट्रंक लाइन बिजुली महसुल विवादमा  ६ वटा उद्योगमा काटिएको बिजुली जोडिदिने भएको छ ।मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

    प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

    आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली लाइन जोड्न दिएको मौखिक आदेशलाई  कार्यकारी निर्देशक कुलमान घिसिङले  अवज्ञा गरेका थिए । त्यसपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो ।

    सोमबारको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मानेका थिएनन् । तर, मंगलबार पुनः बैठक बसेर लाइन जोड्ने निर्णय भएको हो ।

    प्रतिक्रिया दिनुहोस