Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

कामना सेवा विकास बैंकको खुद नाफा ६७ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन ९ बुधबार

  • 351
    Shares

  • कामना सेवा विकास बैंकको खुद नाफा ६७ प्रतिशतले बढ्यो

    काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा करिब ६७ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको खुद नाफा ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ पुगेको छ ।यसअवधिमा खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेर २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा राम्रोसँग बढेको हो । १ वर्षको अवधिमा यसको इम्पेयरमेन्ट चार्ज ४१.८३ प्रतिशतले घटेर ३० करोड ४० लाख ४५ हजार रुपैयाँमा आएको छ । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३७ पैसाले बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ ।



     

    प्रतिक्रिया दिनुहोस