Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

भारतको सत्ताधारी भाजपाका कोषाध्यक्ष अग्रवाल नेपाल आउँदै

भारतको सत्ताधारी भाजपाका कोषाध्यक्ष अग्रवाल नेपाल आउँदै

  • काठमाडौं । भारतको सत्ताधारी भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल नेपाल आउन लागेका छन् ।कोषाध्यक्ष अग्रवालको यो नेपालको निजी भ्रमण भए पनि यहाँ उच्चस्तरीय भेटघाटको पनि कार्यक्रम रहेको जनाइएको हो ।

    भ्रमणका क्रममा कोषाध्यक्ष अग्रवाल सत्ता पक्ष र विपक्षी दलका केही शीर्ष नेतासँग भेटघाट गर्ने छन् ।  साथै भ्रमणका क्रममा केही मन्त्रीसँग पनि कोषाध्यक्ष अग्रवालको भेटघाटको कार्यक्रम रहेको बुझिएको छ । कोषाध्यक्ष अग्रवाल कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा  नेपाल आउन लागेका निकट स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij