Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

कैलाली भन्सार कार्यालयद्वारा सात अर्ब  ९१ करोड ८० लाख  राजस्व सङ्कलन


नया सडक

२०८१, साउन १० बिहीबार

  • 324
    Shares

  • कैलाली भन्सार कार्यालयद्वारा सात अर्ब  ९१ करोड ८० लाख  राजस्व सङ्कलन

    गोदावरी ।  कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो । 

     भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो । आव  २०८०/८१ मा भन्सार महसुलबापत रु तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत रु तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत रु २० करोड ४४ लाख र अन्य शुल्क बापत रु एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । 

    भन्सार कार्यालयले आव २०८०र८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९/८० मा रु आठ अर्ब २९ करोड राजस्व सङ्कलन गरेको थियो । आव २०७८र७९ मा रु नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७र७८ मा रु आठ अर्ब ८४ करोड सङ्कलन भएको थियो ।  यसैगरी, आव २०७६र७७ मा कोभिड–१९ महामारीका कारण रु चार अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो भने आव २०७५र७६ मा रु पाँच अर्ब १९ करोड सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस