Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

मन्त्रिपरिषदद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित सबै सदस्य नियुक्त

मन्त्रिपरिषदद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित सबै सदस्य नियुक्त

  • काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट  राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरिएको हो ।

    उपाध्यक्षमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख शिवराज अधिकारीलाई नियुक्त गरिएको स्रोतको भनाइ छ ।अधिकारी यसअघि योजना आयोग सदस्यमा मनोनीत भएका थिए।

    आयोगका सदस्यहरूमा  आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थी नियुक्त भएका हुन् ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij