Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले  आउने दिनमा महँगाई अथवा मुद्रा स्थितिको बारेमा गरेको अनुमान ‘सीमा भित्र रहने ’


नया सडक

२०८१, साउन ११ शुक्रबार

  • 348
    Shares

  • आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले  आउने दिनमा महँगाई अथवा मुद्रा स्थितिको बारेमा गरेको अनुमान ‘सीमा भित्र रहने  ’

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले  आउने दिनमा महँगाई अथवा मुद्रा स्थितिको बारेमा गरेको अनुमान यस प्रकार रहेका छन् ।  ‘     ’

    ‘  आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रयमाससम्म मूल्यमा चाप परेको भएतापनि दोस्रो  त्रयमासदेखि क्रमिक रुपमा सुधार हुँदै २०८१ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति  ४.१७ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिको तुलनामा  गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीतिमा बढी सुधार देखिएको छ । भारतमा थोक तथा उपभोक्ता मुद्रास्फीति स्थिर रहेको, आयात मूल्य सूचकाङ्क र तलब तथा ज्यालादर सूचकाङ्कको  वृद्धिदरमा कमी आएको र आन्तरिक मागसमेत कमजोर रहेका कारण उपभोक्ता मुद्रास्फीति  कम रहन गएको छ । ’

    ‘ नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न शुरु भएको, भारतमा खाद्यान्न, तरकारी तथा  गेडागुडी र दालजन्य सामग्रीहरुको मूल्य उच्च रहेको र जारी रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको  भूराजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य  बढ्न सक्ने जोखिम भने रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट  वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ । केही जोखिम रहे  पनि मुद्रास्फीतिका कारकहरुलाई मध्यनजर राख्दा आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति  सोही सीमाभित्रै रहने प्रक्षेपण रहेको छ । ’

    प्रतिक्रिया दिनुहोस