Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

मुद्रास्फीतिभन्दा निश्चित  प्रतिशत तय गरी सोमा अधिकतम दुई प्रतिशत तलमाथि रहने गरी  मुद्रास्फीतिको मध्यमकालीन लक्ष्य

मुद्रास्फीतिभन्दा निश्चित  प्रतिशत तय गरी सोमा अधिकतम दुई प्रतिशत तलमाथि रहने गरी  मुद्रास्फीतिको मध्यमकालीन लक्ष्य

  • काठमाडौं ।  आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिले  आफ्नो सञ्चालन संरचना र मौद्रिक प्रसार संयन्त्रको विषयमा उल्लेख गरेको छ । मौद्रिक नीतिको सञ्चालन  संरचना र मौद्रिक प्रसार संयन्त्र शीर्षकमा  भनिएको छ ‘  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा तथ्याङ्कमा आधारित भई मौद्रिक नीति सम्बन्धमा  विकसित नवीनतम आयामहरु र अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात गर्दै लगेको छ ।  अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिई तरलता व्यवस्थापन गर्ने  मौद्रिक नीतिको रणनीति रहेको छ । नीतिगत दरमार्फत अन्तरबैंक दर हुँदै बैंकिङ्ग क्षेत्रको  ब्याजदरलाई प्रभाव पार्ने प्रसार संयन्त्र अवलम्बन गरिएको छ । यस अवस्थामा मुद्रा प्रदाय, कर्जा  प्रवाह लगायतका मौद्रिक योगाङ्कहरु लक्ष्यको रुपमा नभई प्रक्षेपणको रुपमा मात्र रहेका छन् । ’ 

    ‘  नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदर पद्धतिलाई मौद्रिक नीतिको अंकुशका  रुपमा लिइएको सन्दर्भमा मौद्रिक नीतिको अन्तरिम लक्ष्य स्थिर विनिमयदर मान्नुपर्ने  हुन्छ । पुँजी खाता अपरिवत्र्य रहेको सन्दर्भमा विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई पनि अन्तरिम  सूचकको रुपमा लिने गरिएको छ । अन्तिम लक्ष्यको रुपमा बिन्दुगत मुद्रास्फीतिभन्दा निश्चित  प्रतिशत तय गरी सोमा अधिकतम दुई प्रतिशत तलमाथि रहने गरी मौद्रिक नीतिको लागि  मुद्रास्फीतिको मध्यमकालीन लक्ष्य निर्धारण गर्नुपर्ने आवश्यकता देखिन्छ । ’ 

    ‘  नीतिगत दरले यस बैंकको मौद्रिक अडान एवम् कार्यदिशालाई दर्शाउँदछ । नीतिगत दरको  परिवर्तनबाट पहिले भारित औसत अन्तरबैंक दरलाई र त्यसबाट निक्षेप तथा कर्जाको ब्याजदरलाई  अपेक्षित स्तरमा राख्दैे अन्तिम लक्ष्यको रुपमा मूल्य र बाह्य क्षेत्र स्थायित्व हाँसिल गर्ने गरी  मौद्रिक नीतिको प्रसार संरचना अवलम्बन गरिएको छ ।  ’ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij