Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटे


नया सडक

२०८१, साउन १३ आइतबार

  • 552
    Shares

  • निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटे

    काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । प्रहरी पक्राउ नगरेको भएपनि आज धरौटी नतिरेको भए उनी हिरासतमा जानुपर्ने थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो ।आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो ।मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

    अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो ।महंगोमा स्टिकर छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस