Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

धुर्कोटका पाँच सय ५९घरमा खानेपानीको व्यवस्था


नया सडक

२०८१, साउन १५ मंगलबार

  • 273
    Shares

  • धुर्कोटका पाँच सय ५९घरमा खानेपानीको व्यवस्था

    तम्घास ।  धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो ।

    एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन् । आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ । “पहिले–पहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो ।”

    स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भन्नुभयो, “अहिले घरमै पानी आउदा सहज भएको छ ।” पहिले खेताला लगाएर पानी ल्याएको उहाँले बताउनुभयो । ठुलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न रु चार करोडभन्दा बढी खर्च भएको बताउनुभयो । आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन् । धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस