Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आर्थिक वर्ष २०८०/८१ : झापामा एक हजार एक सय १० उद्योग दर्ता


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 441
    Shares

  • आर्थिक वर्ष २०८०/८१ : झापामा एक हजार एक सय १० उद्योग दर्ता

    भद्रपुर ।  आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु  तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् ।
     
    उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी रु तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा रु पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।

    उक्त कार्यालयले गत आवमा रु दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा रु एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस