Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

विदेशी लगानी स्वीकृत उद्योग सञ्चालनमा नआए धरौटी जफत हुने चेतावनी


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 390
    Shares

  • विदेशी लगानी स्वीकृत उद्योग सञ्चालनमा नआए धरौटी जफत हुने चेतावनी

    काठमाडौं । उद्योग विभागले  विदेशी लगानी स्वीकृत गरिएका उद्योग सञ्चालन नगरिए धरौटी जफत हुने चेतावनी दिएको छ । उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेको हो ।

    सो समयभित्र लगानीकर्ताले स्वीकृत लगानी भित्र्याएको प्रमाण र उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत हुने विभागले जनाएको छ ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा औद्योगिक व्यवसाय ऐन र नियमावलीमा तोकिएको अवधिभित्र स्वीकृत लगानी भित्र्याउने र उद्योग सञ्चालनमा ल्याउनु पर्ने जनाउँदै विभागले धरौटी जफत हुने चेताएको छ ।

    उद्योग विभागले नयाँ लगानीकर्ताको हकमा समेत  ऐन र नियमावलीले तोकेको समय भित्र लगानी भित्र्याइ उद्योग सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।नेपालमा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी प्रतिबद्धता आउने गरिएपनि यथार्थमा लगानी भित्रिने अवस्था न्यून रहेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस