Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नेपाल सिमेन्ट उत्पादक संंघको तीन वर्षे कार्यकालका लागि कार्यसमिति सर्वसम्मत  चयन


नया सडक

२०८१, साउन २० आइतबार

  • 540
    Shares

  • नेपाल सिमेन्ट उत्पादक संंघको तीन वर्षे कार्यकालका लागि कार्यसमिति सर्वसम्मत  चयन

    काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको २०औं साधारणसभाले तीन वर्षे कार्यकालका लागि अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । रघुनन्दन मारु अध्यक्ष रहने गरी  संघको २०औं साधारणसभाबाट   नयाँ कार्यसमिति सर्वसम्मत  चयन भएको हो । 

    संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड  र  महासचिवमा राजाराम खड्का निर्वाचित भएका छन् । तत्कालीन इन्टरनेशन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खड्का हाल कुमारी बैंकको सञ्चालक समिति सदस्य हुन् । उनी गरिमा सिमेन्ट इन्डस्ट्रीजको प्रबन्ध निर्देशक हुन् ।

    नयाँ कार्यसमितिको कोषाध्यक्षमा अरुणकुमार कर्ण चुनिएका छन् भने  सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा नियुक्त भएका छन् ।

    संघको सल्लाहकार समूहमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल मनोनित भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष ध्रुब थापा छन् । 

    प्रतिक्रिया दिनुहोस