कतार । नेपाली समुदायको एक महान चाड तिज यो वर्ष आउन केही महिना बाँकी रहेको अवसर पारी ‘छोरी भ र जन्मनु’ बोलको भिडियो गीत कतारबाट सार्वजनिक गरिएको छ । कतारलाई कर्मथलो बनाएर बसिरहेका सञ्चारकर्मी तथा संगीत व्यवसायी तिलु शर्मा पौडेलले क्यानडालाई कर्मथलो बनाइ बसिरहेका गायक तथा सर्जक प्रवेश पौडेलसँग मिलेर त्यो भिडियो तिज संगीत सार्वजनिक गरेकी हुन् ।
गीत संगीतको माध्यमबाट नेपाली समुदायमा छोराका लागि छोरीलाई हेप्ने गरिएको एक परम्परागत विकृतलाई उजागर गर्ने भावलाई यो भिडियो गीतमा समावेश गरिएको पर्यवेक्षकहरूले बताएका छन् ।
सात वटी छोरी जन्मिसक्दा पनि छोराको चाहना राख्नेहरू ,कुलवंश धान्न छोरो चाहिने रुढीवादी परम्परा अझै गहिरो गरी रहेको नेपाली समाजको कथा उनिएको यो भिडियो गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
सातवटी छोरी मध्ये सानी कान्छी छोरीको विवाह एक जँडिया अबुझ केटोसँग गरिदिँदा त्यहाँ रुखो स्वाभावकी सासुबाट निकै दुख पाउने एक महिलाको पीडा यस गीतमा समावेश गरिएको छ ।
‘छोरी भ र जन्मनु’ बोलको यो भिडियो गीत शुक्रबार बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरियो ।
पौडेलद्वयको संकलनलाई पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्ति श्री परियारले आवाज दिएकी छिन् । यसमा गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन ।
बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको यो गीतीय भिडियोमा अंशु थापा महर्जनले सासूको अभिनय गरेकी छिन । सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन । पछिल्लो समयका अति व्यस्त निर्देशक प्रवीण थापाको कथा तथा कmोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने अमृत चॉपागाईले सम्पादन गरेका छन् ।
छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारी बिच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन भन्ने सन्देश मूलक कथामा सहित समावेश गरिएको छ । भाग दुई बनाउने लक्ष्य सहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाच्दै आफ्नो पिडा सुनाउँदै गरेकी बुहारी एक्कासि बेहोस भई ढलेको दर्शाइएको छ । सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा टु बि कन्टीन्युमा लगेर कथा तथा भिडियोको समापन गरिएको छ ।
हेर्नुहोस भिडियो: