Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

राजधानी ढाकामा हसिनाको सत्ता ढलेपछि खुशियाली मनाउँदै प्रदर्शनकारी


नया सडक

२०८१, साउन २१ सोमबार

  • 423
    Shares

  • राजधानी ढाकामा हसिनाको सत्ता ढलेपछि खुशियाली मनाउँदै प्रदर्शनकारी

    काठमाडौं ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले  राजीनामासँगै देश छाडी जाँदा प्रदर्शनकारीहरूले खुशियाली मनाउन थालेका छन्।राजधानी ढाकाका सडकमा प्रदर्शनकारीहरूले खुशियाली मनाउन थालेका हुन्।

    अहिले बंगलादेशको झण्डा फहराएर आमसभा गरी खुशियाली मनाइरहेको तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सार्वजनिक भइरहेका छन् ।सन् २००९ देखि सत्तामा रहँदै आएकी आफ्नो १५ वर्षे शासनमा हसिनाले शक्तिको दुरूपयोग गरेको आरोप खेप्दै आएकी थिइन् ।७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।

    गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो।अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज अवज्ञा गरी गरेको बल प्रयोग पछि आन्दोलन उग्र रूप लियो ।आइतबार मात्रै त्यहाँ घटीमा ९० जनाले ज्यान गुमाएका थिए। यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३सय जना भन्दा बढीको मृत्यु भइसकेको छ।

    प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरेका थिए। प्रधानमन्त्री हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरी अन्तरिम सरकार बन्ने घोषणा गरे ।

    त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै सेना प्रमुख बाकेरले अन्तरिम सरकार बनाउनेबारे छलफल भइरहेको र राजनीतिक संकटको निकास  आजै साँझ सम्म हुने बताएका थिए ।

    भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए।आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी ग¥यो ।साथै इन्टरनेट सेवा पनि बन्द गरिएको थियो। सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको थियो।

    प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी भनी टिप्पणी गरेकी थिइन् ।सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भए । जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बन्न पुग्यो ।

    जुलाई तेस्रो साता उच्च अदालतको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश दियो ।त्यस्तै एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान गर्नेहरूका लागि छुट्याउन पनि आदेश दिएको थियो।९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिइएको हो।

    सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो।आन्दोलनकारीलाई घर फर्किन भनेपनि  २०० जना भन्दा बढीको मृत्यु भइसकेक थियो। सयौं घाइते र त्यही हाराहारीमा पक्राउ पनि परेका थिए।विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग  राख्दै आन्दोलनलाई जारी राखे ।

    विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन्। उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन्।सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरे ।

    उनीहरूले देशभरका नागरिकलाई सरकारलाई कर नबुझाउन आह्वान समेत गरे । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएकाले आन्दोलत थप बृहत बन्दै गएको बताइएको छ। 

     

    प्रतिक्रिया दिनुहोस