Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा

इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा

  •  

    काठमाडौँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।  

     

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता गर्‍यो । 

     

    निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५-२१ ले पराजित गर्‍यो । इरानसँग १(५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको थियो । खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५-९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१-२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अङ्क जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८-२६ को जित निकाल्यो । 

     

    खेलको तेस्रो सेट भने नेपालले २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितमा नेपाल अङ्क तालिकाको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । 

     

    यसअघि भएको लिग चरणको दोस्रो खेलमा इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको थियो । सोही हारको बदला लिँदै नेपालले प्रतियोगिताको फाइनमा भारतसँगको भेट पक्का गर्न सफल भयो । 

     

    लिग चरणको खेलमा नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३-० को सेट र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । लिग चरणमा भारतसँग ३-१ को सेटमा पराजय बेहोरेको भने इरानले श्रीलङ्कालाई ३-२ तथा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो । 

     

    जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताउनुभयो । 

     

    बुधबार हुने फाइनलमा नेपाल भारतविरुद्ध लिगचरणमा निकालेको जितलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यसअघिको जितलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज इरानविरुद्धको खेलमा तीन सेटमा खेलेकाले भोलि पनि तीनै सेटमा भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौँ ।” 

     

    आजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३(० को सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij