Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

१७ अर्ब भारतीय अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता छिट्टै हुने

१७ अर्ब भारतीय अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता छिट्टै हुने

  • काठमाडौं । भारतको १७ अर्बको अनुदान सहयोगमा पेट्रोलियम पाइपलाइनको निर्माण हुने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारी र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हर्दिप एस पुरीबीच यस विषयमा छलफल भइ सम्झौता गर्न सहमति बनेको हो ।

    दुवै देशका मन्त्रीहरूबीच भएको सो छलफलबारे जानकार स्रोतले जनाए अनुसार केही दिन भित्र यो सम्झौतामा हस्ताक्षर हुने भएको छ ।यसअघि पेट्रोलियम पाइपलाइन परियोजनाबारे नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र इन्डियन आयल कर्पोरेशन(आईओसी) का अध्यक्षबीच भएको छलफलमा पनि सम्झौताबारे सहमति भएको थियो ।

    दुवै देशका आयल निगमका अधिकारीबीच गत जुन २७ मा १७ अर्बको पाइपलाइन योजाना भारतले अनुदानमा बनाइदिने सहमति बारे छलफल भएको थियो। आइओसी भारत सरकार स्वामित्वको कम्पनी हो।अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन, सिलगुढी– झापा पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा ग्रिनफिल्ड टर्मिनल आइओसीले अनुदानमा निर्माण गर्न निगमको प्रस्ताव अनुसार परियोजना अगाडि बढाउने तयारी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij