Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रचण्ड सरकार मात्र होइन दक्षिण एसियाली देशहरूको राजनीतिक समीकरणमा हेरफेर अमेरिकाले गराइरहेको भन्नै  पर्दैन


२०८१, साउन २७ आइतबार

  • 519
    Shares

  • प्रचण्ड सरकार मात्र होइन दक्षिण एसियाली देशहरूको राजनीतिक समीकरणमा हेरफेर अमेरिकाले गराइरहेको भन्नै  पर्दैन

    काठमाडौं । प्रचण्डले भन्नै पर्दैन प्रचण्ड सरकार मात्र होइन दक्षिण एसियाली देशहरूको राजनीतिक समीकरणमा हेरफेर अमेरिकाले गराइरहेको छ ।माओवादी पार्टीका एक नेताले विश्व परिवेशको परिदृश्य बयान गर्दै यस्तो भनेका हुन् ।

    राजनीति आन्तरिक र बाह्य परिस्थितिहरूको मिलीजुली विषयसहितको वाहन हो । कूटनीति उसको चालक शक्तिलाई गतिशील बनाउने एक मुख्य इन्धन हो । 

    अफगानिस्तान, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल मात्रै होइन भारतमा समेत राजनीतिक समीकरणमा फेरबदल भइरहेको छ ।
    भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार भाजपाको सरकार नभएर एनडीएको सरकारमा झरिसकेको छ । अझ कमजोर हुने देखिँदै छ । मोदी सरकारलाई कमजोर बनाउन हिन्डेनबर्गको रिपोर्ट फेरि नयाँ विषयको खुलासा गरेको छ । पहिलो पटक गरेको खुलासाबाट मोदी नेतृत्वको राजनीतिक समीकरण धक्का खाएको थियो । मोदीको दोस्रो कार्यकालमा कोभिडको महामारी, युक्रेन रुस युद्ध, इजरायल हमास युद्ध, भए । तेस्रो कार्यकालमा मोदी नेतृत्वको भाजपाको एकल बहुमत सम्पन्न लोकसभा निर्वाचनबाट कम्तीमा ३२ सिट तल झरेको छ ।

    यो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको चुनाव हुन गइरहेको छ । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकनबाट अगाडि आएका छन् भने डेमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दौडमा अगाडि आएकी छिन् । पछिल्लो समाचार संस्थाहरूको आधारमा ह्यारिस ट्रम्पमाथि बीस बन्दै गएकी छिन् ।

    अमेरिका आफ्नो वैश्विक शक्तिहरूमा सर्वाधिक शक्तिशालीको हैसियतबाट खस्किन लागेको छ । चीनको उदयले पाएको चुनौतीले अमेरिकाले आफ्नो बादशाहत जोगाउन भरमग्दुर प्रयास गरिरहेको छ ।विश्वका शक्ति देशहरूका लागि आगामी पाँच वर्ष भित्र आगामी सय वर्ष वर्षको खाका कोर्ने समय हो । त्यसैले चीनसँगको अन्तिम लडाइँ लडिरहेको अमेरिकाले दक्षिण एसियामा आफ्नो शक्ति प्रदर्शन गर्न राजनीतिक समीकरणमा हेरफेर गरिरहेको छ  । यसो गर्नुको पछाड अमेरिकाले चीनलाई ताइवान पछि यता फसाउन खोजिरहेको छ । ड्रयागनको मुखतर्फ खेलेर पुच्छर जिस्काउने नीति लिइरहेको छ ।

    अमेरिकाले शत्रुसँग सुत्ने (स्लिपिङ विद इनमी)को कूटनीति अवलम्बन गरिरहेको छ । मोदीका लागि बंगलादेशमा शेख हसिनाले राम्रै भूमिका मात्र खेलेकी थिइनन । भारतको सत्ताका संस्थापकहरूका लागि पनि हसिनाले राम्रै भूमिका खेलेको र भारतले अमेरिकाले खोजेको महत्वपूर्ण प्लटमा नसघाएकाले उसलाई तर्साउन खोजेको हो ।

    अमेरिकाको राष्ट्रपति पदको चुनाव पछि बन्ने सरकारको अवस्थाबाट दक्षिण एसियाको अर्को परिदृश्य अनुकूलको राजनीतिक समीकरणमा फेरि हेरफेर हुने छ ।विश्व राजनीतिक मञ्चको अर्को कूटनीतिक सन्देश रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  युक्रेनसँगको युद्धका बेला उत्तरकोरियाको भ्रमण गरी किम जोङ उनसँग भेटेको धेरै भएको छैन् । पुटिनको यो भेट अमेरिकामा हुन लागेको चुनाव अघि भएको छ ।

    युक्रेनसँगको युद्धको बैठान सन् २०२४को अन्त्यसम्म हुन सक्ने विश्लेषकहरूको अड्कल अमेरिकामा आउने राष्ट्रपतिको निर्वाचनसँग जोडिएको रहेको प्रष्ट देखिन्छ ।  अमेरिकाको सक्रियता एमसीसीबाट बलियो गरी भएको विषयबाट चीन बेखबर छैन् । तर अमेरिकी चालबाजीमा चीन फस्न खोजेको भने चाहेको छैन् ।

    त्यसैले दुई ठुला दलको सरकार बन्ने  प्रयास प्रचण्ड प्रधानमन्त्री बन्ने बेला देखि नै नचलेको होइन् । प्रचण्डलाई सहजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन पूर्व सहमति पालना गर्न हच्चिएको प्रदर्शन त्यस भित्र लुकेको कांग्रेस एमालेको सरकार बनाउने प्रहसन हाल आएर भएको मात्र हो ।

    माओवादी सकिँदै गइरहेको छ । माओवादी सकिँदै गइरहेको छ भनी एकातिर एजेन्डा बनाउन खोजिएको देखिएको छ  । तर उनीहरूले माओवादी सकिएको छैन र यति छिट्टै सकिने पनि छैन् । यो त पहिलो संसदीय निर्वाचनको बेला तेस्रो ठुलो शक्तिको रुपमा  थियो । अहिले पनि छ । संसदीय निर्वाचनमा सख्याको कुरो ठुलो सानो भइरहने विषय भयो । आन्तरिक र बाह्य राजनीतिको असरले यस्तो भइरहने कुरो हो । जुन प्रसारण लाइनमा बिजुली शक्ति जति बढी भयो त्यसतिरको औद्योगिक करिडोरको उत्पादनमा वृद्धि हुने हो ।

    माओवादी पार्टी भित्र शान्ति प्रक्रिया पछि प्रवेश गरेका एक मधेशी अनुहार भएका नेताले यस्तो बताए ।उनले भने ‘प्रचण्डले भन्ने पर्दैन देउवा ओलीको गठबन्धन अमेरिकाले गराएको हो भनेर’ साथै उनले भने ‘हेर्नु भएन भारतका लागि अर्को राजदूतमा अर्को व्यक्ति पठाउँ भन्दा ओलीले शंकर शर्मालाई पठाउने अड्डी लिएको समाचार । तपाईलाई थाहा छैन शर्मा प्रो अमेरिकन हुन भनेर’ विदेशी शक्तिको खेल अमेरिकी राजनीतिमा हुन्छ भने नेपाल लगायत दक्षिण एसियाली देशहरूमा हँदैन भनेर सोच्न नहुने उनले जनाए ।

    प्रतिक्रिया दिनुहोस