Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

क्रसर उद्योग पुरानो मापदण्डमा नवीकरण नगरिए चार अर्ब बढीको लगानी डुब्ने चिन्ता  प्रधानमन्त्री ओली समक्ष व्यक्त

क्रसर उद्योग पुरानो मापदण्डमा नवीकरण नगरिए चार अर्ब बढीको लगानी डुब्ने चिन्ता  प्रधानमन्त्री ओली समक्ष व्यक्त

  • काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पुरानै मापदण्डका आधारमा क्रसर उद्योग तथा बालुवा उद्योग नवीकरण गर्न आग्रह गरेको छ ।संघका अध्यक्ष सीताराम न्यौपाने नेतृत्वमा गएका क्रसर उद्योगी व्यवसायीहरूले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुरानै मापदण्डका आधारमा उद्योग नवीकरण आग्रह गरेका हुन् । दर्तावाल सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन उद्योगीले माग गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी सार्वजनिक गरेको छ ।

    वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई बताए ।उद्योगहरुको नवीकरण नहुँदा चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेको पनि प्रधानमन्त्री ओलीलाई उनीहरूले बताएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij