Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

पानी उद्योगहरूमाथि दबाब सिर्जना गर्दै सरकार


नया सडक

२०८१, साउन २८ सोमबार

  • 438
    Shares

  • पानी उद्योगहरूमाथि दबाब सिर्जना गर्दै सरकार

    काठमाडौं । विभिन्न प्रकारको पानी उत्पादन गरी बिक्री वितरण गर्दै आएको  पानी उद्योगहरूमाथि सरकारले दबाब बढाउन थालेको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विशेष प्रकारका पानी उत्पादन गर्ने उद्योगहरुलाई लागतको विवरण बुझाउन सूचना जारी गरेको हो ।

    विभागले सोमबार सुचना जारी गरी  बजारमा बिक्री वितरण भइरहेको प्रशोधित पानीसँगै अन्य किसिमको पानी उत्पादन गरि बिक्री वितरण गरिरहेका उत्पादकहरुलाई उत्पादनको लागत विश्लेषण तालिका बुझाउन भनेको छ ।यसका साथै आगामी दिनमा हुने अनुगमन र निरीक्षणमा फरक नपर्ने गरी आवश्यक कागजात बुझाउन समेत ७ दिन दिनको समय दिइएको छ ।

    गत साता विभागले उपत्यकाभित्र बिक्री वितरण हुँदै आएको एक लिटर बोटलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर पानीको मूल्य ४७ रुपैयाँ भन्दा बढी अधिकतम खुद्रा मूल्य ‘एमआरपी’ राख्न नपाइने जनाएको थियो ।विभागको सो निर्देशन प्रति नेपाल बोटल वाटर व्यवसायीहरुले  आपत्ति जनाएका थिए । विशेष प्रकारका पानीको मूल्य त्यसमै समेटिएको भन्दै उनीहरूले विरोध गरेका थिए।त्यसपछि विभागले यस्तो सूचना जारी गरेपछि पानी उद्योगी व्यवसायीलाई कस्न दबाब दिन थालेको भनी चर्चा चल्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस