Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

कजारिया टायल्सको भैरहवामा अत्याधुनिक उद्योग सञ्चालनमा, अशोक कजारियाको उपस्थितिमा उद्घाटन,वार्षिक ५१ लाख वर्ग मिटर टायल्स उत्पादन क्षमता

कजारिया टायल्सको भैरहवामा अत्याधुनिक उद्योग सञ्चालनमा, अशोक कजारियाको उपस्थितिमा उद्घाटन,वार्षिक ५१ लाख वर्ग मिटर टायल्स उत्पादन क्षमता

  • भैरहवा । भारतको प्रसिद्ध टायल्स उत्पादन कम्पनी कजारिया रमेश टायल्सले नेपालमा उत्पादन शुरु गरेको छ ।कजारिया रमेश टायल्सले भैरहवामा नयाँ अत्याधुनिक उद्योग स्थापना गरी कजारिया ब्राण्डको टाइल्स उत्पादन गर्न लागेको हो ।भारतको प्रसिद्ध कम्पनी कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रवन्ध निर्देशक अशोक कजारियाको उपस्थितिमा अत्याधुनिक उत्पादन केन्द्र (क्लिन लाइट अप)को उद्घाटन गरिएको छ ।

    कजारियाले अब बजारको माग अनुसार उत्पादन गर्ने बताइएको छ । कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक अशोक कजारियाले नेपालमा अत्याधुनिक उद्योग मार्फतटायल्स उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गर्दै  गुणस्तरीय टाइल उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जालानले नेपालकै स्थानीय कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरीयटायल्स उत्पादन गर्ने बताए । उनले टाइल्समा नेपाललाई आत्म निर्भर बनाउने र गुणस्तरीय टाइल उत्पादन गर्ने प्रतिबद्धता जनाए । वार्षिक ५१ लाख वर्ग मिटर टाइल उत्पादन गर्ने क्षमता राखेको  यो उद्योगमा कजारिया रमेश टाइल्स, रमेश कर्प र भारतको टाइल्स निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयक्त लगानी रहेको छ ।उद्योगमा ४ अर्ब लगानी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij