Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बंगलादेशले श्रीलंकालाई २–०ले हराएपछि नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुग्यो


नया सडक

२०८१, भदौ ४ मंगलबार

  • 558
    Shares

  • बंगलादेशले श्रीलंकालाई २–०ले हराएपछि नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुग्यो

    काठमाडौं । नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार २० वर्षमुनिको साफ च्याम्पियनसिपमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको हो  ।। लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

    यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक–एक गोल गरेको थियो ।साफ यु–२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस