काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । आईतबारको बजारमा कायम एक लाख ५२ हजार ६०० रुपैयाँलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो।