Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

स्वर्गीय नेता प्रदीप गिरीको दोश्रो वार्षिक स्मृति सभा लहानमा मनाईयो


२०८१, भदौ ७ शुक्रबार

  • 378
    Shares

  • स्वर्गीय नेता प्रदीप गिरीको दोश्रो वार्षिक स्मृति सभा लहानमा मनाईयो

    सिरहा।नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोश्रो वार्षिक स्मृति सभा   सिरहाको लहानमा  मनाइएको  छ।
    लहान -४ बस्तीपुर स्थित  स्व.गिरिको आश्रममै  बिहीबार आयोजित सभामा संघीय सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा दोश्रो स्मृति दिवस मनाएका  हुन।
    प्रमुख आतिथ्य गृहमन्त्री लेखकले  गिरी ज्ञानको समुन्द्र  रहेको  बताउदै  वहाँ अद्भूत व्यक्तित्व भएको नेता भएको र उनको ज्ञानले जो कोहीलाई आश्चर्यचकित तुल्याएको बताए ।
    गृहमन्त्री लेखकले वहाँ  नेपाली कांग्रेसको नेता भएपनि  अथाह ज्ञानकै कारण सबै पार्टीका नेता कार्यकर्ता, सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको बताए ।
    गृहमन्त्री लेखकले गिरीको अभाव मुलुकलाई जहिल्यै खड्किरहने भन्दै  उनको आदर्श व्यक्तित्वबाट सबैले प्रेरणा लिनुपर्ने बताए ।
     उहाँको जस्तो अद्भूत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो भन्दै गृहमन्त्री लेखकले उहाँको आदर्श व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्नुपर्छ बताए ।
    सभामा विशिष्ट व्यक्तित्वहरु लगायत नेपाली कांग्रेस का नेता,  कार्यकर्ता , बुद्धिजिबी तथा  पत्रकारहरु को  उपस्थिति रहेको थियो ।
    स्वर्गीय गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुन्ज, समाजवादी चिन्तक त्यागी एवम् वहुआयामिक व्यक्तित्व  हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस