Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण तीन जनाको मृत्यु, चार घाइते

जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण तीन जनाको मृत्यु, चार घाइते

  • सोलिनजेन ।पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।

    प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।  “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाईन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताउनुभयो ।

    आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो ।

    आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ । 

    सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो ।  

    सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताउनुभयो ।

    “हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौं तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भन्नुभयो ।

    कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपतकालीन सेवालाई धन्यवाद दिनुभयो र आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij