Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि सेयर बजारमा ५ वर्षको प्रतिबन्ध, २५ करोड जरिबाना


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 444
    Shares

  • भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि सेयर बजारमा ५ वर्षको प्रतिबन्ध, २५ करोड जरिबाना

    काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले ५ वर्षको प्रतिबन्ध लगाएको छ । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

    सेबीको यो कारबाहीले अनिल अम्बानी र उनका कम्पनीका लागि संकट बढाउने देखिन्छ । योसँगै अनिल धिरुभाई अम्बानी समूह ९एडीएजी० को चम्किलो तारा रहेको रिलायन्स क्यापिटल फेरि एकपटक चर्चामा आएको छ ।
    सेबीका अनुसार अनिल अम्बानीले रिलायन्स होम फाइनान्सको प्रबन्धक पदमा खटिएका व्यक्तिहरूको सहयोग लिएर ठगी गरेका थिए । यी व्यक्तिहरूले मिलेर रिलायन्स होम फाइनान्सको पैसा अन्य कम्पनीमा पठाएका थिए ।

    रिलायन्स होम फाइनान्सलाई पनि ६ महिनाका लागि धितोपत्र बजारमा प्रतिबन्ध लगाइएको छ । साथै, कम्पनीलाई ६ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ । सेबीले अमित बापना, रवीन्द्र सुधाल्कर र पिंकेश आर शाहलगायतका धेरै कम्पनीहरूमाथि कारबाही पनि गरेको छ ।

    यो कारबाहीबीच रिलायन्स क्यापिटलको चर्चा सुरु भएको छ । सन् २०२२ मा अनिल अम्बानीले रिलायन्स इंडस्ट्रीजको विभाजनपछि वित्तीय सेवा, पावर र टेलिकम व्यवसाय पाए । २००७ सम्ममा रिलायन्स क्यापिटलले ७० खर्ब रुपैयाँको मार्केट क्याप हासिल गरेर एचडीएफसीभन्दा ठूलो भएको थियो ।

    यो देशका शीर्ष ३ वित्तीय कम्पनीहरूमा परेको थियो। २००८ मा विश्वव्यापी आर्थिक मन्दी हुँदाहुँदै कम्पनीले तीव्र गतिमा वृद्धि जारी राखेको थियो ।

    यसपछि अनिल अम्बानी इन्फ्रा, डिफेन्स र मिडिया क्षेत्रमा पनि प्रवेश गरे । त्यसपछि उनी आर्थिक समस्यामा पर्न थाले । रिलायन्स कम्युनिकेसन्सले सीडीएमएबाट जीएसएम प्रविधिमा स्विच गर्न ठूलो समस्याको सामना गर्यो ।

    २०१८ मा रेटिङ एजेन्सीहरूले रिलायन्स क्यापिटलको समस्याहरूका बारेमा चेतावनी दिए । त्यसपछि आईएलएन्डएफएस र डीएचएफएलको डुब्ने स्थिति थप गम्भीर बन्यो । त्यसको ठिक एक वर्षपछि २०१९ मा अनिल अम्बानीले बेलायती अदालतको अगाडि आफूलाई बिजनेसमा टाट पल्टिएको घोषित गर्ने प्रक्रिया सुरु गरे ।

    २०२१ मा रिलायन्स क्यापिटलको सहायक कम्पनी रिलायन्स होम फाइनान्स र रिलायन्स कमर्सियल फाइनान्सको पतन भयो ।

    नोभेम्बर २०२१ मा भारतीय रिजर्भ बैंक (आरबीआई) ले जिम्मेवारी लियो र रिलायन्स क्यापिटलको बोर्ड विघटन गर्‍यो । र, टाट पल्टिएको घोषणा गर्ने प्रक्रिया सुरु गर्यो । यससँगै वित्तीय क्षेत्रको चम्किलो तारा बनेको यो कम्पनी डुबेको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस