Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 684
    Shares

  • आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

    काठमाडौं । आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौतासमेत सम्पन्न भएको छ । गत बिहीवार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    वि।सं। २०७२ सालमा प्रालिको रूपमा दर्ता भएर वि।संं। २०८० सालमा पब्लिक कम्पनीको रूपमा परिणत भएको उक्त कम्पनीको अधिकृत पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्ब ४० करोड रुपैयाँ र चुक्तापूँजी १ अर्ब ४ करोड रुपैयाँ छ । 

    कम्पनीले ३६ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस