Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

के हो अग्रवाल वंशका मित्तल गोत्रकी कुलदेवी ‘श्री बुची दादीजी’को कथा ?


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 1.9k
    Shares

  • के हो अग्रवाल वंशका मित्तल गोत्रकी कुलदेवी ‘श्री बुची दादीजी’को कथा ?

    काठमाडौं  ।अग्रवाल वंशका मित्तल गोत्रकी कुलदेवी ‘श्री बुची दादीजी’ छिन् । विश्वभर छरिएर रहेका अग्रवाल वंशका मित्तलहरूले ‘श्री बुची दादीजी’लाई पुजाआजा कुलदेवीको रूपमा  गर्ने गरेका हुन् ।‘श्री बुची दादीजी’को भारतको मूल मन्दिर राजस्थानको रींगस नगरपालिका वडा न १७मा रहेको छ ।  यो मन्दिर मित्तल गोत्रकी कुलदेवीको मन्दिरको रूपमा प्रतिष्ठित रहेको ‘गौरव गाथा अग्रवाल वंशकी सतियोँकी’ नामक पुस्तकमा  उल्लेख रहेको पाइन्छ ।

    पुस्तकमा उल्लेख भएको कथा अनुसार ‘श्री बुची दादीजी’को जन्म विक्रम सम्वत् १६९० सालमा भादवा सुदी दशमी दिन सीकरको धिंगपुर कैलाश गाउँमा भएको थियो । उनको जन्म सेठ श्री नानक रामजीको अग्रवाल (गर्ग गोत्री)को घरमा भएको थियो । ‘श्री बुची दादीजी’को जन्म नाम ‘शान्ति बाई’ राखिएको थियो ।उनको  विवाह जिला झुंझुनू, नवलगढ़का  ’परसरामपुरा’ गाउँका  श्री नवलकिशोर जी मित्तलसँग भएको थियो ।

    शान्ति बाईको  २० वर्षको उमेरमा विक्रम सम्वत् १७१० सालमा  श्री नवल किशोरजी सँग भएपछि शान्ति बाई दुल्हासाथ घोड़ी चढी ससुराली  नवलगढ़तर्फ गइरहेका बेला डाकुहरूको आक्रमण भयो । त्यतिखेर रींगस भेरूजी निकटको जंगलमा  नव–विवाहित दम्पत्तिमाथि  डाकुहरूले हमला गरेका थिए । त्यो हमलामा नवल किशोरजीले  वीरगति प्राप्त गरे । शान्ति बाईका सारा गहगहना  डाकुहरूले लुटी लगे । मृत पतिलाई देखेर  आषाढ़ बदी अमावस्याका दिन शान्ति बाईले सोही स्थानमा पतिसँग अग्निसमाधि लिएर सती गइन् । लोकमान्यता अनुसार जतिखेर शान्ति बाईले  सती गइरहेकी थिइन त्यतिखेर उनीसँग सुनको कुनै गहना बाँकी थिएन् । सबै डाकुहरूले लुटी लगेकाले उनको नाककान खाली अर्थात बुच्चो थियो । त्यसैले उनको नाम ‘श्री बुची दादीजी’ रहन गयो ।

    नाक कान बुच भनेको खाली रहनु हुने गरे अनुसार मित्तल गोत्रका कुलदेवीको नाम बुची दादीजी रहन गएको  गौरवा गाथा अग्रवाल वंशकी सतियोँकी नामक पुस्तकबाट सभार गरिएको लघुकथामा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस