Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

थाइल्यान्ड दूतावासद्वारा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’को आयोजना

थाइल्यान्ड दूतावासद्वारा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’को आयोजना

  • काठमाडौँ । नेपालस्थित थाइल्यान्ड दूतावासले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न फिल्म महोत्सवको आयोजना गरेको छ । यो फिल्म फेस्टिभलको आयोजना छाया सेन्टर क्यूएफएक्समा गरिने दूतावासले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।  अगस्ट ३०–३१ र १ सेप्टेम्बर २०२४सम्म आयोजना हुने ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ नाम दिइएको यो फिल्म फेस्टिभल नेपालमा चौथो थाई फिल्म फेस्टिभल हो।

     यसअघि सन् २०१३ मा आयोजना गरिएको थियो। यो वर्ष नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ । हाम्रो लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो। यो  फेस्टिभलले चलचित्रमा फरक फरक सम्मान र पुरस्कार विजेता थाई चलचित्रहरू नाटकदेखि कमेडी, रोमान्स, हरर, र मुवय थाईका चलचित्रहरूको प्रदर्शन गर्ने जनाइएको छ। कार्यक्रममा सहभागीहरूले थाई खानाको स्वाद लिने मौका पनि पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij