Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

जनप्रगतिशील मञ्च पोर्चुगलमा विवाद : कार्यसमितिको दुई तिहाइ बहुमतद्धारा अध्यक्ष सीता ढकाल सुबेदी निलम्बन, देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन

जनप्रगतिशील मञ्च पोर्चुगलमा विवाद : कार्यसमितिको दुई तिहाइ बहुमतद्धारा अध्यक्ष सीता ढकाल सुबेदी निलम्बन, देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन

  • पोर्चुगल । जनप्रगतिशील मञ्च पोर्चुगलको अगस्ट  २५ मा बसेको कार्य समितिको बैठकद्वारा गत फेब्रुअरीमा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सीता ढकाल सुबेदीलाई कार्यसमितिको दुई तिहाइ बहुमतद्वारा निलम्बन गरिएको छ। 

    अध्यक्ष ढकालले मञ्चमा अराजकता सृजना गरेको, समितिका सदस्यहरुलाई गाली गलौच गर्ने, एकलौटी ढङ्गबाट सङ्गठन हित विपरीत क्रियाकलाप गरेको, सङ्गठनको गोपनीयता भङ्ग गरेको,आफू मञ्चको संयोजक हुँदादेखि समर्थक शुभेच्छुकहरूबाट सङकलित आर्थिक हरहिसाब सङ्गठनमा पेस नगरी आर्थिक अपचलन गरेको लगायतका आरोप लगाउँदै बैठकले उनलाई सङ्गठनको सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

    बैठकले सङ्गठनको विशेष अधिवेशन ६ महिना भित्र गर्ने गरी देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमा सदस्यहरूमा रेशम बस्नेत, अनन्त तिवारी, दुर्गा पौडेल, सरिता शर्मा, युवराज खनाल, बुद्धि बरालीलगायत रहेका छन् ।

    बैठकले तत्काल समितिको बैठक बसी सङ्गठन बिस्तारका कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय गरेको छ।  मञ्चका वरिष्ठ उपाध्यक्ष रेशम बस्नेतको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव गोविन्द अधिकारीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij