Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन: पोखरेल

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन: पोखरेल

  • काठमाडौं ।नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नया“कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । 

    महासचिबमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन हुनुभएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । लुम्विनी प्रदेश चेम्बरको सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम चयन हुनुभएको हो । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ  । 

    प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । कृषिको आधुनिकीकरण एवं युवाहरुलाई कृषि पेशामा आर्कषित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ । मुलुकमा कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्य मन्त्री आचार्यले बताउनुभयो ।अधिवेशनलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने  अध्यक्ष अग्रवालले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij