Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

३० वर्षे सेवा अवधिका कारण सशस्त्र प्रहरीका दुई डीआईजी सहित १६ अधिकृत सेवा निवृत भए

३० वर्षे सेवा अवधिका कारण सशस्त्र प्रहरीका दुई डीआईजी सहित १६ अधिकृत सेवा निवृत भए

  • काठमाडौँ ।  सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत सेवा निवृत भएका छन् ।सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरु सेवा निवृत भएका हुन् ।

    ३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरु अनिवार्य अवकाशमा गएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी सार्वजनिक गरेका छन् । प्रवक्ताका अनुसार  ११ जना एसपीहरु पनि  सेवा निवृत भएका छन् ।

    सेवा निवृत हुनेहरूमा एसपीहरुमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावल छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij