Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु : सरकार

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु : सरकार

  • किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९  जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मङ्गलबार बताउनु भएको छ ।  

    यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराउनुभएको हो । 

    उहाँका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

    यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको  मन्त्रालयले जनाएको छ ।

    प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक  इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताउनुभएको छ ।

    सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको  बताउनुभएको छ भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केहि उल्लेख गरेका छैनन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij