Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य


२०८१, भदौ २० बिहीबार

  • 768
    Shares

  • निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य

    काठमाडौँ । निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहनुभएका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

    वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौं नेपालीहरु आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् कुवेतमा रहेका नेपालीहरुले अब अलजमिल एक्सचेन्जको शाखाहरु बाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

    बैंक तथा वालेट भुक्तानी कारोबारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

    नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो “हामी अब अलजमिल एक्सचेन्ज सँग नयाँ साझेदारीको  घोषणा गर्न पाउँदा निकै उत्साहित छौं, मलाई आशा छ सबैभन्दा कम शुल्क र  प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्ने विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

    प्रतिक्रिया दिनुहोस