Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

भोजपुरमा प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा

भोजपुरमा प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा

  • टक्सार (भोजपुर)।  कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत आर्थिक वर्ष २०८०÷८१ मा ४४ हजार ७३ जना नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । अघिल्ला वर्षहरूको तुलनामा जिल्लामा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको विश्वास बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख डा सरबिन्दप्रसाद यादवले बताउनुभयो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, षडानन्द नगरपालिकाको केन्द्र दिङला, रामप्रसाद राई गाउँपालिकाको ओख्रे र भोजपुर नगरपालिकाको टक्सारमा गरी तीनवटा औषधालय तथा अरुण गाउँपालिकाको चम्पे, पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रे, हतुवागढी गाउँपालिकाको घोरेटार र टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा नागरिक आरोग्य सेवा केन्द्र जिल्लामा सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा १६ हजार आठ सय १४ जनाले बहिरङ्ग सेवा लिएका छन् । सत्र हजार छ सय ९७ जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा, एक हजार नौ सय ३० ले थेरापेटिक योगा, तीन ६६ जनाले प्याथोलोजी सेवा लिएको प्रमुख यादवले जानकारी दिनुभयो । यस्तै एक हजार दुई सय ९७ स्तनपायी आमा, पाँच हजार चार सय ९४ ज्येष्ठ नागरिकलाई सेवा र दुई पाँच सय ५८ जनालाई अन्य सेवा प्रदान गरिएको छ ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार आयुर्वेदिक सेवा लिनेमा महिलाको सङ्ख्या बढी छ । गत वर्ष कुल २२ हजार पाँच सय १० जना महिलाले सेवा लिए भने २१ हजार पाँचजना पुरुषले सेवा लिएका छन् । यस्तै जिल्ला तहमा धन्वन्तरी दिवस, विद्यालयस्तरीय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, निःशुल्क आयुर्वेद सेवा, ज्येष्ठ नागरिक सेवा, क्षमता अभिवृद्धि कार्यक्रम, तनाव व्यवस्थापनजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आइरहेको केन्द्रका सूचना अधिकारी मनोजकुमार पण्डितले जानकारी दिनुभयो । केन्द्रले गत आवको समन्वयात्मक समीक्षा कार्यक्रमसमेत गरेको छ । सो कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय धनकुटा आयुर्वेद शाखाका प्रमुख विजयकुमार झा, तीनवटै सेवा प्रदायक संस्थाका प्रमुख, पत्रकार र अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।(रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij