Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अग्रवाल युवा मञ्चद्वारा आयोजित खेलकुद महोत्सव सुरु, समापन शनिबार


नया सडक

२०८१, भदौ २१ शुक्रबार

  • 1.3k
    Shares

  • अग्रवाल युवा मञ्चद्वारा आयोजित खेलकुद महोत्सव सुरु, समापन शनिबार

    काठमाडौँ । अग्रवाल सेवा केन्द्रको भातृसंस्था अग्रवाल युवा मञ्चले विभिन्न खेलहरू समावेश गरी खेलकुद महोत्सव २०२४को आयोजना गरेको छ ।आज शुक्रबार र भोलि शनिबार दुई दिन चल्ने खेल महोत्सवमा ब्याडमिन्टन, फुटसल, इनडोर क्रिकेट, स्विमिङ र टेबल टेनिस खेल हुने अग्रवाल युवा मञ्चका अध्यक्ष प्रवीण गर्गले बताएका छन् ।

    दुईदिने महोत्सवका खेलहरू धन्वन्तरि स्पोर्ट्स हबमा सन्चालन भइरहेको छ ।महोत्सवमा झण्डै तीन सय खेलाडीहरू सहभागी हुने बताइएको छ । खेलमा मारवाडी समुदायका खेलाडीले मात्र भाग लिएका छन् । खेल महोत्सवका लागि ग्लोबल रिच एडुकेसन, शिव शक्ति ग्रुप ,बीएलसी इन्रिचिङ लाइफ, मोहन खेतान फाउन्डेसन, केमिकल हाउस प्रा.लि. र राधाकृष्ण ज्वेलर्ससमेतले प्रायोजन गरेका छन् । 

    संघीय सांसद चन्द्र भण्डारी, समाजसेवी÷ उद्योगी तथा  पूर्व सांसद राजेन्द्र खेतानसमेतले महोत्सवका लागि तयार पारिएका  ट्रफी र जर्सी सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस