काठमाडौँ । साल्ट ट्रेडिङ्ग कपेरिशन लिमिटेडले स्थापनाको ६२औँ वार्षिकोत्सवको अवसरमा रक्त दान नै जीवन दान हो नाराका साथ रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।
यस कर्पोरेशनको ६२ औंँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा मृगौला रोग समाजको सहयोगार्थ आयोजना हुन लागेको रक्तदान कार्यक्रममा सरिक हुन कर्पोरेशनले आह्वान गरेको छ ।
आइतबार कालीमाटीस्थित केन्द्रीय कार्यालय भवनमा बिहान ११ बजेदेखि रक्तदान कार्यक्रमको आरम्भ भएको सो कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।