काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । जोशीले आफ्नो दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्व सम्हालेका हुन् ।बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।
सरकार र निजी क्षेत्रबीच समन्वय गरी सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलको असली अभ्यासलाई फेरि सक्रिय गराउने आगामी कार्य योजनाबारे जानकारी सार्वजनिक गरेका छन् ।