Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

उत्तरपूर्वी इरानमा बस र ट्रक ठोक्किँदा ५५ जना घाइते


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 243
    Shares

  • उत्तरपूर्वी इरानमा बस र ट्रक ठोक्किँदा ५५ जना घाइते

    तेहरान । उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तमा आइतबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा ५५ जना घाइते भएका छन् ।

        सब्जेभर र नेशाबुर काउन्टीबीचको सडकमा भएको दुर्घटनाको केही समयपछि चार एम्बुलेन्स र मेडिकल कर्मचारीहरू घटनास्थलमा पठाइएको चिकित्सा सेवा विभागका निर्देशक घोलाम–अब्बास काफीले जानकारी दिनुभयो ।

        उहाँले ५० घाइते यात्रुलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको र अन्य पाँच जनालाई प्रान्तीय राजधानी मशहदबाट दुई सय ३० किलोमिटर पश्चिममा रहेको सब्जेभरको अस्पतालमा लगिएको बताउनुभयो  ।

        प्रान्तीय ट्राफिक प्रहरी कमाण्डर होसेन मिश्मास्तले स्थानीय समयानुसार बिहान ५ बजे दुर्घटना भएको जानकारी दिनुभयो । बस इराकको तीर्थयात्राबाट अफगान यात्रुहरू बोकेर फर्किरहेको बताइएको छ ।

       मिश्मास्तले बस चालकको थकान र निद्राका कारण दुर्घटना भएको आशङ्का गर्नुभयो ।  

    प्रतिक्रिया दिनुहोस