
काठमाडौं । कल्प इम्पावर वेमेन नेपालले विभिन्न क्षेत्रका सहासी महिलाहरूलाई आज सम्मान गर्न लागेको छ ।पितृससत्तात्मक सोचको अदृश्य नेलकडीमा जकडिएर, रूढिवादी साँस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहीत ममता र करूणालाई ऑधीबेहरीमा दियो जोगाए झै जोगाउँदै नेपाली महिलाहरूलाई बिताउँदै आएकी विभिन्न क्षेत्रका सहासी महिलाहरूलाई कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले सम्मान गर्ने जनाएकी हुन् ।
सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनीतिक क्षेत्र जस्तो विहंगम् क्षेत्रमा आइपुगेका र राजनीतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भूमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जीवनगाथा भन्दा प्रेरणादायी कृति संसारमा अर्को हुन नसक्ने बताउँदै अध्यक्ष कोइरालाले उहाँहरूलाई सम्मान गर्न लागेको बताएकी छिन् ।कोइरालाले भनिन् ‘ सुचना र प्रविधिको युगानुसार वहाँहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम जनताको विचार, भावना र अभिमत लाई समेटेर वहाँहरू लाई थप उर्जा र हौसला प्रदान गर्दै महिला जनप्रतिनिधिहरूको बीचमा समेत सुकर्मलाई लिएर प्रतिस्पर्धा गराउने उदेश्यले आयोजना भएको कार्यक्रम हो ‘शी लिड्स आइकन’ ।
उनले अगाडि भनिन् ‘महिला स्वास्थ्य महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्न उदेश्यले सुरु भएको कार्यक्रममा कोशीबाट २४, मधेशवाट १४. वागमतीबाट १२, गण्डकीबाट ११. लुम्बिनी वाट ३६. कर्णालीबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको थियो ।’ राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडडा सहित निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ वागमती प्रदेशबाट ४ गण्डकी प्रदेशबाट ३. लुम्बिनी प्रदेशबाट ७. कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरेको अध्यक्ष कोइरालाले बताइन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij