Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाली भलिबलको नयाँ शक्ति काठमाडौँ स्पाइकर्सद्वारा टिमको आकर्षक लोगो सार्वजनिक


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 318
    Shares

  • नेपाली भलिबलको नयाँ शक्ति काठमाडौँ स्पाइकर्सद्वारा टिमको आकर्षक लोगो सार्वजनिक

     काठमाडौं । राजधानी काठमाडौँको आफ्नै भलिबल टिमकाठमाडौं स्पाइकर्सले राष्ट्रिय मन्चमा पाइला टेक्नैलाग्दा सिङ्गो नेपालको ढुकढुकी बढ्न थालेको छ। एभरेष्ट वुमेन्स भलिबल लिगको एक फ्रन्चाइजीको रूपमा काठमाडौं स्पाइकर्सले देशका महिला खेलाडीहरूलाई प्रेरणादिने र उनीहरूलाई बलियो बनाउने लक्ष्यसहित नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात गर्दैछ। टिमले काठमाडौँ शहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमाटिमको लोगो सार्वजनिक गरेको हो।

    शरद कुमार टिबरेवालाको स्वामित्वमा रहेको काठमाडौं स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेलस्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको छ। खेलकुदको प्रवर्द्धन गर्दै नयाँ पुस्ताका खेलाडीलाई बलियो बनाउनप्रतिबद्ध काठमाडौं स्पाइकर्स एउटा टिम मात्र नभई नेपाली महिलाहरूको बल र जोशको प्रमाणको रूपमा समेत उभिएको छ।

    लोगो सार्वजनिक गर्ने क्रममा काठमाडौं स्पाइकर्सकि सीओओ सुदिक्षा अधिकारीले उत्साह व्यक्त गर्दै भनिन्, “काठमाडौं स्पाइकर्स यहाँ आफ्नो प्रभाव छोड्न आएको हो। टिमको लोगोसार्वजनिक भएसँगै नेपाली युवा महिलाहरूलाई प्रेरणा दिने यात्रामा हामीले आज आफ्नो पहिलो पाइला चालेका छौं। भलिबलराष्ट्रिय खेल मात्र नभई हाम्रो एकता र बलको चिन्ह पनि हो।काठमाडौँको प्रतिनिधित्व गर्दै एभरेष्ट वुमेन्स भलिबल लिगमा आफ्नोछाप छोड्न हामी तयार छौं।”

    सार्वजनिक गरिएको नयाँ लोगोमा काठमाडौं सहरको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ। लोगोको केन्द्रमा रहेको मन्दिरले शहरको अध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गर्छ। मन्दिरको छेउमामिड-स्पाइकमा रहेकि भलिबल खेलाडीलाई चित्रण गरिएको छजसले काठमाडौं स्पाइकर्सको बल, स्फूर्ति र सफलताकोचाहनालाई मूर्त रूप दिन्छ। परम्परा र खेलाडीको कलाको यो मिश्रणले काठमाडौं र काठमाडौं स्पाइकर्स दुवैको भावना समेट्दै लोगोलाई टिमको वास्तविक पहिचानरूपमा उभ्याएको छ।

    यस महत्त्वपूर्ण क्षणमा काठमाडौं स्पाइकर्सका मालिक शरद कुमार टिबरेवालाले भने, “टिमको लोगो सार्वजनिक गर्ने क्षणहाम्रो यात्राको एउटा महत्त्वपूर्ण मोड हो। यो लोगो एउटा चिन्ह मात्र हैन, यसले आफूलाई यो स्थानमा देख्न चाहने धेरै महिलाहरूको सपना र इच्छालाई समेत प्रतिनिधित्व गर्छ। हामी नेपालमा भलिबलप्रतिको माया बढाउन लागि परेका छौं। हामी प्रतिस्पर्धा गर्न, प्रेरणा दिन र पछिसम्म रहने विरासत स्थापना गर्न आतुर छौं।"

    एभरेष्ट वुमन्स भलिबल लिगमा डेब्यूको तयारीमा रहेको काठमाडौं स्पाइकर्सलेयस यात्रामाआफूलाई हौसला प्रदान गर्न सबै नेपालीहरूलाई आग्रह गरेको छ। टिमको लोगो सार्वजनिक भएपछिस्पाइकरहरूजोश र संकल्पका साथ अगाडिका चुनौतीहरू सामना गर्न तयार छन्।

    काठमाडौं स्पाइकर्स टिमको लोगो र आगामी खेलहरूको बारेमा थप जानकारीका लागि कृपया काठमाडौँ स्पाइकर्सको सामाजिक सञ्जाल @KathmanduSpikersमा फलो गर्नुहोस्।

    एभरेष्ट महिला भलिबल लिगको बारेमाएभरेष्ट वुमेन्स भलिबल लिग नेपालमा महिला भलिबलको स्तर माथि उठाउन समर्पित खेलकुदको एउटा महत्वपूर्ण मञ्च हो। देशका उत्कृष्ट प्रतिभाहरूलाई एकै ठाउँमा ल्याउँदैलिगले नेपालको राष्ट्रिय खेल मार्फत् खेलकुदकोविकास र सामुदायको सहभागिता बढाउने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस