Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 219
    Shares

  • लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ के.मी. मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ । हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेको लक्ष्मी सनराइजले जारी गरेको विज्ञप्तिमा जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस