
काठमाडौँ । मंगलबार सुनको मूल्यमा ८ हजार बढीको वृद्धि भई करिब अढाइ लाख नजिक पुगेर नयाँ रेकर्ड कायम भएको छ । निरन्तर वृद्धि भई आएको सुनको मूल्य मंगलबार तोलाको २ लाख ४८ हजार५०० रुपैयाँ कायम भएको छ । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
यसैबिच सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij