Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४को प्रदर्शनी भदौ २८ देखि ३० गते सम्म भृकुटीमण्डपमा हुने


२०८१, भदौ २६ बुधबार

  • 393
    Shares

  • जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४को प्रदर्शनी भदौ २८ देखि ३० गते सम्म भृकुटीमण्डपमा हुने

    काठमाडौँ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गर्दै यसै क्षेत्रमा केन्द्रित जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ नेपालको एक मात्र वृहत प्रदर्शनी हो। 

    होटल रेस्टुरेन्ट, पार्टी प्यालेस, खाजा खान घर, सडकपेटी का खाजा बिक्रेता र किराना पसलहरू विगत बीस वर्षमा अनपेक्षित रुपमा धेरै बढेका छन्। खाद्य तथा पेय पदार्थको क्षेत्रमा कुल २५ हजार ५ सय प्रतिष्ठान दर्ता छन्। यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन् । खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या मात्रै ९३८०६ छ । जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादनमा र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादनमा संलग्न छन् ।

    त्यसैगरी, पर्यटक आगमनमा भएको पुनरुत्थान र देशैभरी तारे होटलहरूमा भएको महत्वपूर्ण लगानीले नेपालको आतिथ्य उद्योगले उल्लेखनीय वृद्धि पाइरहेको छ। आगामी केही वर्षभित्र नै ३ देखि ५ तारे स्तरको २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् । विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ ।

    कोभिड–१९ महामारीपछि पर्यटक आगमनमा भएको सुधारका कारण हालैका वर्षहरूमा, नेपालका लक्जरी होटल सञ्चालकहरूले नाफामा पुनः वृद्धि देखेका छन् । खाद्य मूल्य लगातार उच्च हुनुले बजारको बढ्दो माग र विशेष गरी बढ्दो मध्यम वर्ग र नेपाली आप्रवासी श्रमिकहरूको विदेशी रेमिट्यान्सद्वारा संचालित क्रयशक्तिलाई प्रतिबिम्बित गर्दछ। नेपाल सरकारले तेस्रो मुलुकबाट आयात प्रतिबन्ध फुकुवा गरेपनि खाद्य तथा पेय पदार्थको माग अत्याधिक बढेको छ । नेपाल सरकारले आठ देश चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी र स्पेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।

    यो खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा, आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन÷चयन गर्न सक्नेछन् । गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको छ। जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरूलाई स्थान प्रदान गर्नेछ।

    जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । जसमध्ये लगभग १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ। जीएआईले  होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी प्यालेस र क्यान्टिन, किराना पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरू; क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ। कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको हो तर उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ।

    एक्सपोको भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ। फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट–अपको पहुँचमा एक्स्पोलाई पुर्याउन “साना व्यवसाय मार्ट“ पनि सुरुवात गर्दैछ। यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्छन्। अर्कोतर्फ यी प्रदर्शकहरूले प्रायः दुवै आगन्तुकहरू र सँगी प्रदर्शकहरूका लागि एक्सपोमा आश्चर्य र “वाह“ को तत्व थप्छन् ।

    व्यापारको प्रचार–प्रसारका लागि जीएआई एफबीएच २०२४, एक्सपोको रुपमा सबैभन्दा प्रभावकारी प्लेटफर्म हो। यसले ३ दिनमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिन्छ । जुन कुनै पनि मिडिया वा प्रदर्शकहरूका लागि आफ्नै कोसिसले पूरै वर्षमा पनि पूरा गर्ने सम्भव छैन। जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले प्रत्यक्ष बजार प्रोत्साहनको शक्तिलाई स्पष्ट रूपमा परिभाषित र प्रदर्शन गर्दछ र आगामी २०२४ र २०२५ को लागि गति र प्राथमिकता तय गर्दछ।

     

     

    प्रतिक्रिया दिनुहोस