Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

पर्यटन बोर्डको सीईओ नियुक्ति विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश, अन्तरिम आदेश अर्को सुनुवाइमा हुने /नहुने


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 318
    Shares

  • पर्यटन बोर्डको सीईओ नियुक्ति विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश, अन्तरिम आदेश अर्को सुनुवाइमा हुने /नहुने

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको सीईओ नियुक्ति विवादमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीहरूको नाममा आदेश जारी गरेको हो । तर अन्तरिम आदेश भने चुडालको एकल इजलासले दिएको छैन  । 

    बोर्डको सीईओमा दीपकराज जोशी नियुक्ति वरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गरी  डा.धनञ्जय रेग्मीले रिट दायर गरेका थिए ।उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग यसको कारण माग गरेको हो । अब अर्को सुनुवाइपछि अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय हुनेछ । सर्वोच्चले हाललाई अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम गर्न पाउने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस