Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनलाई अब्बल व्यवसायिक प्रतिष्ठान बनाउने सरकारको चाहना

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनलाई अब्बल व्यवसायिक प्रतिष्ठान बनाउने सरकारको चाहना

  • काठमाडौँ । सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी अब्बल व्यवसायिक प्रतिष्ठानको रूपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बनाउन चाहेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।   कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि उद्योग मन्त्री भण्डारीले असहज परिस्थितिमा साल्ट ट्रेडिङ कर्पोरेशनले काम गरेको भएपनि अब अब्बल व्यवसायिक प्रतिष्ठान बनेर देखाउनुपर्ने बताएका हुन् ।शुभकामना दिँदै मन्त्री भण्डारीले कर्पोरेशनले पुरानो ढर्रामा चल्न नहुने बताउँदै अब्बल व्यवसायिक प्रतिष्ठान बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

    032b7e4d-8f7e-4146-81fb-3e981aa48f8e.jpg

    सो अवसरमा कर्पोरेशन कर्मचारीहरूका छोराछोरीहरू मध्ये दुई जना उत्कृष्ट एसईई उत्तीर्ण गरेकालाई सम्मान गरिएको थियो ।सरकारी क्षेत्रको कम्पनी साल्ट ट्रेडिङले  निजी क्षेत्रसँग  तीव्र प्रतिस्पर्धा गरी खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको कारोबारमा सफलता हासिल गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पब्लिक प्राइभेट पार्टनरसिप ( पीपीपी ) मोडलको नेपालकै पहिलो कम्पनी हो। खासगरी नुन आपूर्ति व्यवस्थापनका लागि २०२० सालमै पीपीपी  मोडलमा स्थापना भएको यो कम्पनीमा देशैभरका नुन व्यापारीका साथै सरकारको समेत शेयर लगानी रहेको छ। 

    कम्पनीले २०३० सालदेखि नै खाद्यान्न कारोबार पनि सुरु गरेको थियो । खाद्य कम्पनी लिमिटेड स्थापना गरेर खाद्यान्नको कारोबार सुरु गरेको थियो। देशमा औद्योगिकीकरण, आयात प्रतिस्थापना र रोजगारी सिर्जना गर्ने उद्देश्यले पनि मैदा मिल सुरु गरिएपछि कम्पनीले क्रमिक रूपमा नेपाल वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योग, तेल उद्योग सञ्चालनमा ल्यायो । अहिले कम्पनीले चिनी, मैदा, पिठो, चामल, तेल, दाल, अखबारी कागजसमेतको कारोबार गर्दै आएको छ । त्यसैगरी एसटीसी ग्याँस, रासायनिक मलको कारोबार पनि गर्छ। अनुदानिक र गैरअनुदानिक दुवै प्रकारका रासायनिक मलको कारोबार साल्ट ट्रेडिङले गर्ने गरेको छ ।

    d142e3fd-5795-4606-947e-cfb984792247.jpg

    कम्पनीले बीमा, फाइनान्स क्षेत्रमा पनि कम्पनीको लगानी रहेको छ। काठमाडौँ उपत्यकाका विभिन्न १० स्थानमा कम्पनीले बिक्री केन्द्रहरू सञ्चालन गरिरहेका छन् । बालाजु, सतुंगल, सिफल, कपन, लोकन्थली, जडीबुटी, भक्तपुरलगायतका क्षेत्रमा पहिलेदेखि नै बिक्री केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
    कम्पनीले परिमाण हेरेर होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।गत वर्ष २०८०÷०८१ मा कम्पनीले  १३ अर्ब ३५ करोड बराबरको कारोबार गरेको कम्पनीका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij